सांग्रीला बैंक अगाडिबाट ५ लाख अवैध रकम बरामद

सांग्रीला बैंक अगाडिबाट ५ लाख अवैध रकम बरामद

वीरगञ्जमा अवैध रकमसहित दुई जना समातिएका छन् । 

बाराको परवानीपुर गाउँपालिका-३ का ३४ वर्षीय कृष्णप्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानुलाई पर्सा प्रहरीले स्रोत नखुलेको साढे पाँच लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका–८ लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट रकमसहित हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । 

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू