प्रधानमन्त्रीको टोलीपछि एमाले अध्यक्ष पनि हेलिकोप्टरमा कलैया

प्रधानमन्त्रीको टोलीपछि एमाले अध्यक्ष पनि हेलिकोप्टरमा कलैया

उपचुनावको प्रचारमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकोप्टरमा बाराको कलैया पुग्नुभएको छ । उहाँ चार सदस्यीय टोलीका साथ काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टरमा दिउँसो ३ बजे त्यता जानुभएको बताइएको छ ।

उहाँका साथमा रहेका सविन संग्रौला, वकिल अधिकारी र दिनेश भण्डारी पनि सोही हेलिकोप्टरमा कलैया पुगेका छन् ।

आज मध्यरातदेखि निर्वाचन प्रचारप्रसाद गर्न नपाइने भएपछि राजनीतिक दलका नेताहरु हिजोदेखि हेलिकोप्टरमा तनहुँ, बारा र चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्न गएका हुन् । हिजो तनहुँ जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत झण्डै एक दर्जन नेताहरु आज बारा हुँदै चितवन पुग्नुभएको छ । 

उहाँहरु चितवनको आमसभालाई सम्बोधन गरेपछि सेनाको हेलिकोप्टरमा साँझ काठमाडौं फर्कने बताइएको छ । उहाँहरु दिउँसो १ बजे बालुवाटारबाट सेनाको हेलिकोप्टर एनए ०५३ मा त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

टिप्पणीहरू