भारतीय पुरुष र केन्याली महिलाको कोठामा २ केजी कोकिन

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले १ केजी ८० ग्राम कोकिनसहित भारतीय पुरुष र केन्याली महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामा भारतको उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटु हुन् । उनीहरु दुबै जनालाई ठमेलको छुट्टाछुट्टै होटलबाट कोकिनसहित समातिएको बताइएको छ ।

उनीहरुको साथबाट १ केजी ८० ग्राम कोकिन र एक हजार अमेरिकी डलर फेला परेको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । बरामद कोकिनको बजारमूल्य दुई करोड ३३ लाख २८ हजार रुपैयाँ हुन आउने प्रहरीको अनुमान छ ।

दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू