ज्यान मार्ने उद्योगमा संलग्नको आरोप लागेका वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्नको आरोप लागेका वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा सिरहामा एक जना स्थानीय तहका जनप्रतिनिधिलाई प्रहरीले पक्रेको छ । सिरहाको लहान नगरपालिका २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

वडाध्यक्ष चौधरीलाई लहानस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट आज दिउँसो २ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । गत चैत २६ गते ऋषिकेश महतोले वडाध्यक्ष चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएका थिए । 

जाहेरीपछि चौधरी लुकिछिपी हिँडेका थिए । गत स्थानीय तहको चुनावमा चौधरी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनआस्थालाई बतायो ।

टिप्पणीहरू