ठगीको नयाँ धन्दा : सिम कार्ड डुप्लिकेशन

ठगीको नयाँ धन्दा : सिम कार्ड डुप्लिकेशन

सिम कार्ड डुप्लिकेशन गर्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्दै आएका २३ वर्षीय अनिल थापा समातिएका हुन् । 

थापाले सिम कार्ड डुप्लिकेशन गरेर पीडितहरुको बैंक तथा मोबाइल बैकिङ्गमा पहुँच पुरेयाई कार्डविहीन एटीएममार्फत रकम निकालेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आज उनलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय टेकू पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू