नेपालीलाई कतार पुलिसमा भर्ना गराइदिने नाममा ६३ लाख ठगी

नेपालीलाई कतार पुलिसमा भर्ना गराइदिने नाममा ६३ लाख ठगी

वैदेशिक रोजगारीमा कतार पठाइदिने नाममा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका पूर्णकुमार दाहाल ठगीको नयाँ विषयमा प्रहरी नियन्त्रणमा पुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो साँझ उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको बताइएको छ । 

सप्तरीको कञ्चनपुर गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका ४१ वर्षीय पूर्णबहादुरले वैदेशिक रोजगारीमा कतार पठाइदिने र त्यहाँ पुगेपछि कतार पुलिसमा जागिर लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई फसाएका थिए । 

कतार जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा १८ जना पीडितबाट पटकपटक गरी ६३ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए ।

पीडितहरुले वैदेशिक रोजगार विभाग र विभागले प्रहरीलाई अनुरोध गरेपछि दाहाल हिजो पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू