फेसबुकमा अश्लिल फोटोको धम्की दिँदै महिलासँग रकम असुल्ने पक्राउ

फेसबुकमा अश्लिल फोटोको धम्की दिँदै महिलासँग रकम असुल्ने पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका ८ घर भएका ३७ वर्षीय शम्भु कार्की पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलालाई साथी बनाई कुराकानी गर्दै जाने क्रममा उनले पीडितको अश्लिल भिडियो तथा फोटोहरु निजको आफन्त वा घरपरिवारका सदस्यलाई पठाइदिने धाक धम्की दिँदै रकम माग्ने गरेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आज नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका कार्कीलाई आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको छ ।

टिप्पणीहरू