युवतीको सामाजिक सञ्जालबाट अश्लील भिडियो पठाएका रोल्पाका ओमप्रकाश पक्राउ

युवतीको सामाजिक सञ्जालबाट अश्लील भिडियो पठाएका रोल्पाका ओमप्रकाश पक्राउ

सामाजिक सञ्जालमार्फत् अश्लील भिडियो पठाएर हैरान पार्दै आएका एक जना पक्राउ परेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई नेपाल प्रहरीको साइबर व्युरोले पक्राउ गरेको बताइएको छ ।

एउटी युवतीले हराएको मोबाइल भेटाएका महराले सोही मोबाइलमा रहेका युवतीका सामाजिक सञ्जालका विभिन्न एकाउन्टबाट युवतीकै आफन्तहरुलाई अश्लील भिडियो पठाएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

युवतीले मोबाइल हराएको केही दिनपछि आफ्ना सामाजिक सञ्जालका सबै खाताको नाम परिवर्तन गरेर अश्लील नाम राखिदिएको र ती एकाउन्टबाट आफ्नो सहोदर दाजुलाईसमेत अश्लील भिडियो पठाएको उजुरी साइबर बयुरोमा हालेकी हुन् ।

ब्युरोले सोही उजुरीका आधारमा अनुसन्धान गरी महरालाई पक्राउ गरेको जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप गरी अनुसन्धन भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू