खैरो हिरोइन बोक्दै कञ्चनपुर पुगेका कैलालीका दुई युवक पक्राउ

खैरो हिरोइन बोक्दै कञ्चनपुर पुगेका कैलालीका दुई युवक पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिकामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २३ वर्षीय सुमित राना र वडा नम्बर ७ मनहेराका १५ वर्षीय एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ७५ मिलिग्राम खैरो हिरोइनसहित हिजो साँझ उनीहरुलाई विद्यानगरबाट पक्राउ गरिएको जनाइएको छ । 

प्रहरीका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणमा खैरो हिरोइन भेटिएको हो ।

टिप्पणीहरू