खरबारीमा ९ वर्षीया बालिका बलात्कृत

खरबारीमा ९ वर्षीया बालिका बलात्कृत

बालिकालाई खरबारीमा लगेर बलात्कार गरेको अभियोगमा दाङका एक युवक पक्राउ परेका छन् ।  

९ वर्षीया बालिकालाई ललाईफकाई खरबारीमा पुर्याएर बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१, बाहुनटाढीका २१ वर्षीय राम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

नेपालीले बालिकालाई फकाएर स्थानीय खरबारीमा पुर्याएर रामले जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको हो ।

टिप्पणीहरू