नीरा पाण्डे हत्या प्रकरण : आफन्त आज पनि आन्दोलित

नीरा पाण्डे हत्या प्रकरण : आफन्त आज पनि आन्दोलित

भाँडा व्यवसायी नीरा पाण्डेको हत्या प्रकरण अनुसन्धानमा ढिलासुस्ती भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तजनले आन्दोलन गरेका छन् । 

हत्यारालाई जतिसक्दो छिटो कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले  आज पनि प्रदर्शन गरेका हुन् । आज मध्यान्हको समयमा पीडित पक्षहरुले काठमाडौँको कपनस्थित सरस्वतीनगर रोडमा आन्दोलन गरेका हुन् । 

प्रदर्शनकारीहरुले ‘पीडित पक्षको माग पूरा गर’, ‘हत्यारालाई सार्वजनिक गर’, ‘पीडित पाण्डेको आत्मालाई न्याय दे’, ‘हाम्रो माग पूरा गर’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।  

बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा व्यवसायी नीराको हत्या भएको थियो । ३५ वर्षीया पाण्डेलाई पसलभित्रै अपरिचित व्यक्तिले छुरा प्रहार गरेका थिए ।

तत्काल उपचारार्थ अस्पताल लगिए पनि उनको निधन भएको हो । हालसम्म घटनामा संलग्न दोषी पत्ता नलागेपछि उनका परिवार र आफन्त आक्रोशित भएका हुन् ।

उनीहरुले हिजो पनि प्रदर्शनपछि बौद्धस्थित प्रहरी वृत्त अगाडि पुगेर नाराबाजी गरेका थिए ।

टिप्पणीहरू