सुदूरपश्चिमको गोदावरीमा लागूऔषध कारोबार

सुदूरपश्चिमको गोदावरीमा लागूऔषध कारोबार

कैलालीको गोदावरीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका–१, मनहराका २० वर्षीय चन्दु महता लागूऔषधसहित समातिएको बताइएको छ । इलाका प्रहरी कार्यालय, मालाखेतीबाट खटिएको टोलीले ८० मिलिग्राम खैरो हिरोइनसहित उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू