ठगीमा महिला सहभागिता बढ्यो, कास्कीकी विपना गोकर्णेश्वरबाट पक्राउ

ठगीमा महिला सहभागिता बढ्यो, कास्कीकी विपना गोकर्णेश्वरबाट पक्राउ

वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्दै आएकी एक कास्कीकी महिला पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेकी विपना कुँवर प्रहरी नियन्त्रणमा पुगेकी छन् ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वरबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । कास्की घर भई हाल गोकर्णेश्वर बस्दै आएकी ३४ वर्षीया विपनाले वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने र त्यहाँ पुगेपछि वेटरको काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठगेकी हुन् । 

उक्त प्रलोभनमा उनले पीडितहरुसँग ९ लाख रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएको खुल्न आएको छ । आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजी अघि बढाउँदा उनी हिजो फेला परेको बताइन्छ । 

कुँवरलाई थप अनुसन्धान र कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू