सिङ्गापुर पठाउने नाममा ६५ लाख ठगी

सिङ्गापुर पठाउने नाममा ६५ लाख ठगी

वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिने नाममा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका ओमनाथ मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँको बबरमहलबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

झापा घर भई हाल काठमाडौंको गोंगबु नयाँ बसपार्क बस्दै आएका ४१ वर्षीय ओमनाथले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा धेरैलाई फसाएको खुल्न आएको छ । 

यसरी प्रलोभनमा पारिएका पीडितहरुबाट पटक पटक गरी ६४ लाख ४० हजार उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् । 

सोही क्रममा हिजो पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू