कमल प्रसादलाई विदेशमा बिचल्ली पार्ने दलाल प्रहरी खोरमा

कमल प्रसादलाई विदेशमा बिचल्ली पार्ने दलाल प्रहरी खोरमा

आकर्षक तलब र सुविधाको काममा विदेश पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोप लागेका एक ‘दलाल’ प्रहरीको फन्दामा परेका छन् । 

मासिक सात सय डलर कमाई हुने भन्दै विश्वास दिलाएर अजरबैजान पुर्याई कमलप्रसाद भण्डारीलाई बिचल्ली पारेको आरोपमा दाङका भीमकुमार सुनार समातिएका हुन् । 

उनले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्याई पाँच महिना अलपत्र पारेर ठगेको आरोप छ । अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

उक्त उजुरीमाथि अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सुनारलाई पक्राउ गरी विभागको जिम्मा लगाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।

टिप्पणीहरू