गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु
गुल्मीमा गए राति एउटा जीप सडकबाट तल खसेको छ । राति पौने १० बजेको समयमा मालिका गाउँपालिका २, दुनामममा जीप दुर्घटना भएको बताइएको छ । सडकबाट १५० मीटर तल खसेको लु.१ च ९९१ नम्बरको डबल क्याप जीपमा रहेका दुई जनामध्ये एकको घटनास्थलमै मृत्यु भएको हो ।
दर्लिङबाट भीमगिठेतर्फ जाँदै गरेको जीपका सहचालक १८ वर्षे किशोर केसीको घटनास्थलमा निधन भएको र चालक २१ वर्षे प्रेमबहादुर केसी गम्भीर अवस्थामा फेला परेका हुन् । उनको पाल्पामा उपचार भइरहेको जनाइएको छ ।
टिप्पणीहरू