एक क्विन्टल बढी गाँजासहित भारतीय गाडी सशस्त्रको कब्जामा

एक क्विन्टल बढी गाँजासहित भारतीय गाडी सशस्त्रको कब्जामा

सशस्त्र प्रहरीले एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।  

मोरङको विराटनगर महानगरपालिका–१ नोबेल डेरी चोकबाट हिजो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको सशस्त्रको नम्बर ३ हेडक्वार्टरले जनाएको छ । सशस्त्रका अनुसार मोरङबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा र भारतीय गाडी कब्जामा लिएको हो । 

सुनसरीको ईटहरीबाट विराटनगरतर्फ जादैँ गरेको बीआर ११ भी ७६४५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको प्रहरीले बताएको छ । सवारी चालक भने फरार छन् । 

सशस्त्रले थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति गाँजा र गाडी दुवै जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको छ ।

टिप्पणीहरू