मकवानपुरका एक पत्रकारलाई बलात्कारको बात लाग्यो, महासंघले भन्यो- दोहोरो छानविन होस्

मकवानपुरका एक पत्रकारलाई बलात्कारको बात लाग्यो, महासंघले भन्यो- दोहोरो छानविन होस्

मकवानपुरका एक पत्रकार जबरजस्ती करणी गरेको आरोपमा समातिएका छन् । पत्रकार ईन्द्रप्रसाद बञ्जारा (रमेश)लाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

बलात्कारजस्तो जघन्य अभियोगमा पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष मणिराज गौतमले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही र निर्दोषलाई न्याय दिलाउन माग गरे । 

उनले विज्ञप्ति जारी गर्दै निष्पक्ष र दोहोरो तवरले छानबिन हुनुपर्नेमा जोड दिएका छन् । गत चैत ३० गते एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको नियन्त्रणमा रहेका बञ्जाराको विषयमा कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न उनले आग्रह गरेका छन् । 

‘जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू