श्रीमती मारेर भागेका खुमे १८ वर्ष भूमिगत, दीपकको भेषमा प्रकट

श्रीमती मारेर भागेका खुमे १८ वर्ष भूमिगत, दीपकको भेषमा प्रकट

श्रीमतीको हत्या गरेपछि परिचय लुकाई बसेका एक जना १८ वर्षपछि समातिएका छन् । अर्घाखाँचीको वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कुमा डेरा लिएर बसेका ५८ वर्षीय खुमे दर्जीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

खुमेले २०६१ मंसिर २४ गते रुपन्देहीको साविक दुधराक्ष गाविस–३ बुद्धनगरमा कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहारबाट हत्या गरेर भागेका थिए ।

भारतको नयाँ दिल्लीमा करिब तीन वर्ष काम गरेपछि नेपाल आई काठमाडौं ढल्कुमा दीपक रानाको नाममा बसेका उनलाई विशेष सुराकीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको टोलीले क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

यससम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको निम्ति खुमेलाई इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देही पठाइएको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू