नेपालगञ्जको न्युरोडमा झोलाभित्र ४ किलोभन्दा बढी सुन

नेपालगञ्जको न्युरोडमा झोलाभित्र ४ किलोभन्दा बढी सुन

बाँकेको नेपालगञ्जमा ४ किलो ९२९ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ९ का ४२ वर्षीय रमेश सोनी र ३६ वर्षीय प्रकाश ठाकुर सुनसहित समातिएको बताइएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बैशाख ६ गते राति उनीहरुलाई उक्त सुनसहित नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको हो । 

प्रहरीका अनुसार नेपालगञ्च उपमहानगरपालिका–४, न्यूरोडस्थित न्यू ईन्द्रेणी होटलतर्फ जाँदै गरेकालाई चेकजाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाभित्र सुन फेला परेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू