खाद्य विभागका हाकिम घुससहित पक्राउ

खाद्य विभागका हाकिम घुससहित पक्राउ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेल एक लाख ५० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । ढुंगेलले सेवाग्राहीसँग अनुज्ञापत्रको निम्ति एक लाख ५० हजार घुस मागेको अख्तियारले जनाएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढुगेंललाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा समातिएको हो । 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र बिगो मागदाबी गरी आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
 

टिप्पणीहरू