नाम खिरीलाल, काम लागूऔषध कारोबार

नाम खिरीलाल, काम लागूऔषध कारोबार

लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनकुटाको सहिदभूमि गाउँपालिका ३ घर भई हाल ललितपुरको सानेपा बस्ने २७ वर्षीय खिलप्रसाद भन्ने खिरीलाल राई समातिएका हुन् । 

उनी वादी अजय राईसमेत भएको लागूऔषध (गाँजा) कसुर मुद्दामा फरार थिए । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई इमाडोलबाट नियन्त्रणमा लिएको बताइएको छ । 

अस्ति पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू