विवाहित युवतीको मृत्युबारे श्रीमानसहित परिवारका सदस्यसँग सोधपुछ

विवाहित युवतीको मृत्युबारे श्रीमानसहित परिवारका सदस्यसँग सोधपुछ

बाँकेमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर नगरपालिका २, बर्दहवामा २० वर्षीया विवाहित युवतीको शव फेला परेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार प्रीति थारु घरमै मृत अवस्थामा फेला परेकी हुन् । मृत्यु शंकास्पद देखिएकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृतकका पति, ससुरा र जेठाजु प्रहरी नियन्त्रणमा छन् । माइती पक्षले युवतीको शंकास्पद मृत्युबारे घरपरिवारमाथि आरोप लगाएका छन् ।
 

टिप्पणीहरू