राजधानीमा अखाद्य वस्तु मिसाइएको ‘दुगड हनी’ छ्याप्छ्याप्ती

राजधानीमा अखाद्य वस्तु मिसाइएको ‘दुगड हनी’ छ्याप्छ्याप्ती

काठमाडौंको बूढानीलकण्ठमा अखाद्य वस्तु प्रयोग गरिएको मह ठूलो परिमाणमा फेला परेको छ । प्रहरीले गार्डेन एपियारी उद्योगमा छापा मार्ने क्रममा उक्त परिमाणको दूषित मह फेला पारेको बताइएको छ । 

बजारमा पठाउन ठिक्क पारिएको उक्त मह प्रहरी टोलीले बरामद गरेको हो । पवन सत्यालले सञ्चालन गरेको उक्त उद्योगमा एपियारी हनी र दुगढ हनीको नाममा मह उत्पादन हुँदै आएको थियो ।

उक्त नामको मह कहिँ पनि दर्ता नभएको, महमा अखाद्य वस्तु र रसायन प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू