गोविन्दलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका दुई महिला समातिए

गोविन्दलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका दुई महिला समातिए

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुई जना समातिएका छन् । मोरङको विराटनगर महानगरपालिका–४ का ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीया सविना पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ । 

गत बैशाख १४ गते सोही महानगरपालिका–३ का गोविन्द प्रसाद नेपालले आफ्रनै शरीरमा आगो लगाउँदा उनको विराटनगरस्थित रेडप्लस अस्पतालमा उपचारको क्रममा भोलिपल्ट निधन भएको थियो । 

मृतकको परिवारले बैशाख १६ गते गोविन्दलाई आत्महत्या गर्न दुत्साहन गरेको भन्दै गति र सविनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । 

त्यसैका आधारमा अस्ति पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गराई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू