शरणार्थी काण्डको आरोपमा एमाले उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी बनाएर करोडौं कुम्ल्याउने गिरोहमा नाम जोडिएका एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको हो । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित प्रतिकको पनि संलग्नता रहेको आरोप छ ।
आजै अदालतले रायमाझीका बाबुछोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
यस प्रकरणमा मुछिएका इन्द्रजित अस्ति पक्राउ परिसकेका छन् । त्यतिबेलाका गृह सचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डेलाई प्रहरी आज आफन्तको घरबाट पक्राउ गरेको बताइएको छ ।
टिप्पणीहरू