बैंकिङ्ग कसुरका फरार प्रतिवादी फेला

बैंकिङ्ग कसुरका फरार प्रतिवादी फेला

बैंकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बानेश्वरमा बस्दै आएका ४३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ प्रहरी हिरासतमा पुगेका हुन् । 

उच्च अदालत पाटनको गत माघ २७ गतेको फैसलाले उनलाई बैंकिङ्ग कसुर मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैदको सजाय सुनाएको थियो । 

तर, अदालतको फैसलालगत्तै फरार उनलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू