बालिकामाथि सामूहिक बलात्कारको आरोपमा जोगीपुरकाका दुई युवक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बर्दियाको राजापुर नगरपालिका–६ जोगीपुरका २६ वर्षीय राजाराम थारु र २२ वर्षीय शनीराम थारु समातिएका हुन् ।
अस्ति राति ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू