सेनाको ट्रकले हान्दा थापाको खुट्टा ठुनुक्कै

सेनाको ट्रकले हान्दा थापाको खुट्टा ठुनुक्कै

असिमित र अनियन्त्रित गतिका कारण काठमाडौंबाट रुकुमतर्फ लागेको नेपाली सेना, प्रदेश- ३ ३०१.०० ३७२४ नम्बरको ट्रकमा आँबुखैरेनी गाउँपालिका-१ मर्स्याङ्दी पावर हाउस नजिकै ठोकिदा गोर्खा जिल्ला सहिद लखन गाउँपालिका-५ का २४ वर्षीय अनिल थापा मगरको दाहिने गोडा भाँचिनुका साथै शरीरमा गम्भीर चोट लागेको छ ।

काठमाडौंबाट छुटेको सैनिक ट्रकमा तनहुँको आँबुखैरेनीबाट द्रुत गतिमा आएको थापा सवार बा०२० ३३ प ४४८६"मोटर साइकल ठोकिँदा अनियन्तृत भई २० मीटर पर सडकमा बजारिएको मोटरसाइकल पूर्ण रूपमा क्षति हुन पुगेको छ । बिहान दश बजेतिर भएको दुर्घटनामा घाइते भएका थापालाई उपचारका लागि चितवन लगिएको आँबुखैरेनी ट्राफिक बिटका दिलिप कुँवरले जानकारी गराएका छन् ।

-अञ्जनकुमार

टिप्पणीहरू