प्रहरीको आँखा छल्दै सुन खोज्न हिँडेका एक सय जनाले प्राण त्यागे
दक्षिण अफ्रिकामा सुन खोज्दै सुरुङभित्र छिरेका एक सयभन्दा बढी मजदुरको मृत्यु भएको छ । करिब चार सय मजदुर दुई महिनादेखि सुनखानी (सुरुंग)मा फसेका थिए । तीमध्ये सयभन्दा बढीको भोक र तिर्खाले मृत्यु भएको बताइएको छ ।
सुन उत्खननसम्बन्धी सामाजिक संस्था माइनिंग अफेक्टेड कम्युनिटिज युनाइटेड इन एक्सन (एमएसीयुए)को सहयोगमा अन्य मजदुरको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सुनखानी करिब तीन किलोमिटर गहिरो रहेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले केही समयदेखि जान प्रतिबन्ध लगाएको सुनखानीमा नागरिकहरु भने लुकिछिपी जाने गरेका थिए ।
टिप्पणीहरू