ड्युटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार

ड्युटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार

कञ्चनपुरमा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) माथि खुकुरी प्रहार भएको छ । महाकाली नदी पारिको दोधारा चाँदनीमा राति ड्युटीमा बसेको समयमा उनीमाथि  खुकुरी हानिएको बताइएको छ ।

स्थानीय  कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि खुकुरी हानिएको हो । राति १० बजेपछिको समयमा चैसिरमाथि स्थानीय युवाको समूहले आक्रमण गरेको बताइएको छ ।

महाकाली नदीको लामो झोलुङ्गे पुलमा रातको समयमा हिँडडुल नगर्न प्रहरीले आग्रह गरेलगत्तै उनीमाथि खुकुरी प्रहार भएको हो ।

टिप्पणीहरू