वीरगञ्ज बसपार्कमा लागूऔषध

वीरगञ्ज बसपार्कमा लागूऔषध

पर्साको वीरगञ्जमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । 

राप्ती नगरपालिका–४ का २० वर्षीय दिपेश राई र कैलालीको टिकापुर नगरपालिका–५ का १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । 

प्रहरीले उनीहरुको साथबाट नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिस बरामद गरेको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू