नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोप लागेको अन्य दुई जना पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा अवैध रकम असुली गरेको आरोप लागेका गोविन्द चौधरी र रामशरण केसी आज काठमाडौंबाट पक्राउ परेको बताइएको छ ।
यो सहित उक्त काण्डमा १० पक्राउ परेका छन् । आज पक्राउ परेका केसी काठमाडौं र चौधरी सुनसरीका हुन् ।
टिप्पणीहरू