टोपबहादुरको घरमा रित्तो गाडी,सवारीधनी कता गए घरबार छाडी ?

टोपबहादुरको घरमा रित्तो गाडी,सवारीधनी कता गए घरबार छाडी ?

नक्कली शरणार्थी प्रकरणमा आरोपित पूर्वउपप्रधानमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको ललितपुर, सातदोबाटोस्थित निवासमा छापा मारिएको छ । आज दिउँसो काठमाडौं प्रहरी परिसरले मारेको छापामा उनको घरमा पार्किङ गरिराखेको सवारी साधनमात्रै फेला परेको बताइएको छ । 

रायमाझीले प्रयोग गर्दै आएको गाडी रोकिराखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । गत बुधबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि बुटवल क्षेत्रबाट उनी फरार भएका थिए । सोही दिन साँझ छोरा सन्दीपलाई प्रहरीले हिरासतमा लिएर बिहीबार काठमाडौं ल्याएको थियो ।

रायमाझी घरमै लुकेको आशंकामा प्रहरीले छापा मारे पनि उनी चढ्ने गाडी मात्रै फेला परेको छ । गाडीधनी टोपबहादुर भने बेखबर छन् । उनी भक्तपुरको बालकोट क्षेत्रमा लुकेर बसेको प्रहरीको आशंका छ ।

टोपबहादुर फरार भएपछि यता नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको अमेरिका भ्रमण अन्तिम समयमा रद्ध भएको छ । हिजो साँझ श्रीमती र छोरासहित प्रहरीका अन्य चार वरिष्ठ अधिकारीहरुसँगै अमेरिका उड्न लागेका कुँवरमाथि रायमाझी ‘फरार’ ले अप्ठेरो पारेको बताइन्छ । सोही क्रममा आज उनको घरमा छापा मारिएको हो ।

टिप्पणीहरू