भारतीयले १२ लाख नेपाली रुपैयाँको स्रोत खुलाउन सकेनन्

भारतीयले १२ लाख नेपाली रुपैयाँको स्रोत खुलाउन सकेनन्

पर्साको बिन्दबासिनीमा स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ परेका छन् । 

भारतको पूर्वी चमपारणग्राम पञ्चायत भेलाहीका ४० वर्षीय धनञ्जयकुमार गुप्ता र २६ वर्षी मुसाहेब आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको टोलीले उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित बिन्दबासिनी गाउँपालिका ५, प्रसौनिभट्टाबाट नियन्त्रणमा लिएको बताइएको छ । 

वीरगञ्जबाट प्रसौनिभाटातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०५ एस ४७०२ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू