गोङ्गबूको लाशमा टाउको एकातिर, जिउ अर्काेतिर
प्रहरीले आज सबेरै गोँगबुमा हात खुट्टा छिनालेको,टाउको छुट्याइएको मृत शरीरको गिँड फेला पारेको छ । प्रारम्भिक अनुसन्धानअनुसार ४० देखि ४५ वर्षको पुरुषलाई गए राती क्रुरतापूर्वक मारेर एकान्तमा फालेको आशंका छ ।
उच्चतम बदलाभावको प्रतीकस्वरुप धारिलो हतियार प्रयोग गरी गिँड बनाइएको शरीरलाई कालो प्लाष्टिकले बेरेर सुटकेशमा हाली फालेको अवस्थामा फेला पारेको त्यहाँका प्रहरी निरीक्षक सन्तोष दाहालले जनआस्थालाई बताए । हत्या सुबिचारित र लाश ब्यवस्थापन अनुभवी ब्यक्तिको समूहबाट भएको अनुमान छ ।
हत्या सुबिचारित र लाश ब्यवस्थापन अनुभवी ब्यक्तिको समूहबाट भएको अनुमान छ ।
स्रोतका अनुसार टाउको र खुट्टा भने शरीरको गिँड हालेर फालिएको सुटकेशभन्दा अन्दाजी दुई सय मिटर उत्तर पूर्व मिल्काइएको थियो । टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको देखिन्छ ।
टिप्पणीहरू