बालकृष्ण खाँणलाई चौकीबाट वकिलकोमा लगियो

बालकृष्ण खाँणलाई चौकीबाट वकिलकोमा लगियो

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान शुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा वयान लिन थालिएको हो । गत बिहीबार पक्राउ परेका खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंबाट हिजो ४ दिनको म्याद थप गरिएको थियो । आज सरकारी वकिलको कार्यालयमा बयान लिन लगिएको हो । 

 टेकु परिसरको हिरासतमा रहँदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्वीकार गरेका छन् । उनले हिजो म्याद थपका लागि अदालत पुगेका बेला सञ्चारकर्मीसँग भनेका थिए, ‘यसमा मेरो कुनै संलग्नता छैन ।’

तथापि, यस प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा त्यतिबेलाका गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए । उक्त कुरा प्रहरी स्रोतले नै खुलासा गरेको हो ।

खाँणसँग आज दिनभर बयान लिइने जनाइएको छ ।

टिप्पणीहरू