नक्कली शरणार्थी प्रकरणमा समातिएका सक्कली शरणार्थीहरुका नेता दुई दिन थानामै रहने

नक्कली शरणार्थी प्रकरणमा समातिएका सक्कली शरणार्थीहरुका नेता दुई दिन थानामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सक्कली भुटानी शरणार्थीहरुका नेता टेकनाथ रिजाल दुई दिन प्रहरी हिरासतमा रहने भएका छन् । 

पक्राउ परेलगत्तै प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौँमा उभ्याएर अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति लिएको हो ।  

किर्ते भुटानी शरणार्थी खडा गरेर भण्डै एक अर्ब रुपैयाँ हाराहारीको घोटाला भएको उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् । अन्य केही फरार रहेको बताइएको छ ।

प्रहरीले अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन लाग्दा रिजाल भने आज अपरान्ह काठमाडौँबाट पक्राउ परेका हुन् । आजै बिहान नेपाल हज समितिका अध्यक्ष समशेर मिया सिंहदरबारबाट पक्राउ परेका थिए ।
 

टिप्पणीहरू