विप्लवका विद्यार्थी र मजदुर नेता पक्राउ

विप्लवका विद्यार्थी र मजदुर नेता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका एक जना विद्यार्थी नेता र अर्का एक जना मजदुर नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दा असुल गरेको आरोपमा विप्लवका दुई जना नेतालाई राजधानीबाट पक्राउ गरिएको बताइएको छ ।

उनीहरु चन्दा असुली आरोपमा पक्राउ परेका हुन् । अखिल क्रान्तिकारीका सचिवालय सदस्य धनबहादुर चन्द र अखिल नेपाल मजदुर संघका सदस्य अमृत कार्कीलाई हिजो नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ती दुबै जना चन्दा असुली धन्दामा संलग्न भएको पाइएको हो ।
 

टिप्पणीहरू