५० युनिटसम्म बिजुली सित्तैं दिने सरकारको घोषणा

५० युनिटसम्म बिजुली सित्तैं दिने सरकारको घोषणा

सरकारले मासिक न्यूनतम ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकसँग विद्युत महसुल नलिने भएको छ । 

वर्षायाममा ५० र हिउँदमा ३० युनिटमात्र बिजुली खपत गर्नेलाई निःशुल्क दिइने सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज घोषणा गर्नुभएको हो । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले सोसम्बन्धी जानकारी गराउनुभयो । 

साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युतमा विस्थापन गर्ने सरकारी नीति पनि राष्ट्रपतिले सुनाउनुभएको छ ।

टिप्पणीहरू