प्रेस काउन्सिल फेरिने, रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

प्रेस काउन्सिल फेरिने, रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सोसम्बन्धी व्यवस्था समेटेको जानकारी दिइएको छ ।  

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिललाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संरचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल गठन गर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ ।

टिप्पणीहरू