संसद बैठक शुरु हुनासाथ एमाले अध्यक्षको बोल्ने पालो

संसद बैठक शुरु हुनासाथ एमाले अध्यक्षको बोल्ने पालो

प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

तर,आज प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनेबित्तिक्कै उक्त कार्यक्रमउपर छलफल चल्नुअगावै एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले बोल्ने समय मिलाइएको छ । हिजो दिउँसो संसद भवन,नयाँ बानेश्वरमा डाकिएको एमाले संसदीय दलको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले आफूले नक्कली शरणार्थी प्रकरणको थप रहस्य खुलाउने जानकारी दिनुभएको थियो । 

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि ओलीले गत बिहिबारको बैठकमा आफ्ना कुरा राख्ने बताउनुभएको थियो । तर, त्यो दिन प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम राखिएपछि उहाँले खोल्ने भनिएको नक्कली शरणार्थी सम्बन्धी ‘रहस्यको पोको’ रोकिएको थियो ।

टिप्पणीहरू