नक्कली शरणार्थी प्रकरणमा थप रहस्य खोल्ने बताउनुभएका एमाले अध्यक्षले भन्नुभो- दोषी उम्क्याउन र निर्दोष फसाउन खोजियो

नक्कली शरणार्थी प्रकरणमा थप रहस्य खोल्ने बताउनुभएका एमाले अध्यक्षले भन्नुभो- दोषी उम्क्याउन र निर्दोष फसाउन खोजियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाउनु भएको छ । 

संसदमा पेस भएको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले शरणार्थी काण्डमा निर्दाेष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्तिसमेत जनाउनुभयो  । आफ्नो पार्टी अपराधि नउम्कियोस् र निर्दाेष कोही नफसोस् भन्ने मान्यतामा रहेको भन्दै अध्यक्ष ओलीले सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । 

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उहाँले भ्रष्टाचार छानविनमा एमाले सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

केही समयअघि ओलीले नक्कली शरणार्थी प्रकरणको थप रहस्य खोल्ने बताउनुभएको थियो । तथापि आज उहाँले ठोसरुपमा त्यस्तो केही खुलाउन भने सक्नुभएन ।

टिप्पणीहरू