सरकार संघीयता कार्यान्वयनमा उदासीन रहेको ओलीको आरोप

सरकार संघीयता कार्यान्वयनमा उदासीन रहेको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा सरकार उदासीन बनेको आरोप लगाउनुभएको छ । 

संसदमा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा भाग लिँदै उहाँले संघीयता कार्यान्वयनसँग जोडिएका प्रदेश र स्थानीय तहसँग सल्लाह नै नगरेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउनुभयो । 

सरकारले राष्ट्रिय समन्वय परिषद् बैठक नै नराखेको भन्दै ओलीले बजेट बनाउने बेला प्रदेश र स्थानीय तहसँग सोधपुछ नै नगरेको बताउनुभएको हो ।
 

टिप्पणीहरू