तिब्बतको ल्हासा पुग्यो माओवादी टोली

तिब्बतको ल्हासा पुग्यो माओवादी टोली

शुक्रवार चीन पुगेका माओवादी नेताहरु तिब्बतको ल्हासामा कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसँग भेटमा व्यस्त भएका छन् । 

माओवादी  उपाध्यक्ष एवम प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीलाई ल्हासा विमानस्थलको स्तरोन्नतिपछि ल्हासा–काठमाडौँ सीधा हवाई सेवा पुनः सञ्चालन हुने जानकारी दिइएको छ । 

दुई साता लामो भ्रमणमा गएको प्रतिनिधिमण्डलले भेटवार्तामा एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याएको छ । भ्रमणका क्रममा बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग पनि  भेट हुने कार्यतालिका छ । 

प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य,पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा,गीता कँडेल,हर्क नेम्वाङ, सुदर्शन बराल,परशुराम रम्तेल,जगतप्रसाद यादव,टेकेन्द्र भट्ट, सुबोध शेर्पाली,आसमान रोका,सेसुराम भण्डारी र जिपी मैनाली छन् ।
 

टिप्पणीहरू