पूर्वअर्थमन्त्रीको जिल्लामा नक्कली महको बिगबिगी
पूर्वी रुकुममा प्रहरीले ठूलो परिमाणमा नक्कली मह बरामद गरेको छ । भूमे गाउँपालिका–२ खाबाङ बगरबाट दुई सय २२ किलो नक्कली मह प्रहरीले अस्ति बरामद गरेको बताएको छ ।
इलाका प्रहरी चौकी काक्रिकोबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त परिमाणको मह फेला पारेको हो । बरामद नक्कली मह सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले ८० किलो भीर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला पारेको पनि जनाएको छ ।
भीर मौरीको महलाई भने परीक्षणपछि लिलाम गरिएको हो ।
टिप्पणीहरू