बैकिङ्ग कसुर मुद्दामा फरार हेमकुमार समातिए
बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी हेमकुमार श्रेष्ठ समातिएका छन् ।
सिन्धुलीको हरिहरगढी गाउँपालिका ३ घर भएका र हाल काठमाडौँ महानगरपालिका १० मा बस्दै आएका ५२ वर्षीय उनलाई प्रहरीले पक्रेको बताइएको छ ।
उच्च अदालत पाटनले गत वैशाख ४ गते बैकिङ्ग कसुर मुद्दामा दोषी ठहर गर्दै उनलाई दुई दिन कैद, छ लाख जरिवाना र २४ हजार रुपैयाँ क्षतिपूर्ति गर्ने फैसला सुनाएको थियो ।
त्यसपछि फरार भएका हेमकुमार हिजो फेला परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउपछि जिल्ला अदालत काठमाडौं पुर्याएको छ ।
टिप्पणीहरू