पूर्वमन्त्रीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस

पूर्वमन्त्रीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस

नक्कली शरणर्थी प्रकरणमा पक्राउ परेका र पक्राउ पर्न बाँकी ३२ जनामाथि गरिएको प्रहरी अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । प्रहरीले पक्राउ परेका १६ जना अन्य १६ जनाविरुद्ध मुद्द चलाउन डेढ सय पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको बताएको छ ।

उनीहरुलाई छ वटा कसुरमा मुद्दा चलाउन प्रहरीको राय छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहित पाँच जनालाई संगठित अपराधा, ठगीलगायत राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउनुपर्ने प्रहरीको सिफारिस रहेको बुझिएको छ ।

टिप्पणीहरू