सामाजिक सञ्जालमा नाबालिगको चरित्रहत्या
सामाजिक सञ्जालको दुरुपयोग गर्दै नाबालिगको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका १९, पुरनचौरका २१ वर्षीय मनीष भुजेललाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको बताइएको छ ।
भुजेलले सामाजिक सञ्जालमार्फत् नाबालिकासँग अश्लील कुराकानी गरी सोको रेकर्डसमेत राखेर अवाञ्छित हर्कत गर्न धम्की दिँदै आएका थिए । पीडितले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या भएको उल्लेख गर्दै उजुरी दिएपछि भुजेललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका भुजेललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू