दक्षिण अफ्रिका नजाने निर्णय लिएका सन्दिप लामिछानेले भने - टिमलाई शुभकामना

दक्षिण अफ्रिका नजाने निर्णय लिएका सन्दिप लामिछानेले भने - टिमलाई शुभकामना

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका भ्रमण नगर्ने भएका छन् ।

उमेर नपुगेकी किशोरी बलात्कारको आरोप खेपिरहेका उनले मुद्दा टुंगो नलागेका कारण अफ्रिका नजाने निर्णय लिएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै सन्दीपले टिमलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, 'मलाई टिमप्रति पूर्ण विश्वास रहेको छ।  तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।' 

नेपाली क्रिकेट टोली आज राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । सन्दिप भने राष्ट्रिय टोलि बसेको होटलबाट सामान लिएर घर फर्किएका छन् । 

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे जानेछ ।
 

टिप्पणीहरू